• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नवौंमा लुम्बिनीले हात पार्‍यो पहिलो स्वर्ण

    503
    SHARES


    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक चौथो दिनमा लुम्बिनी प्रदेशले पहिलो स्वर्ण जितेको छ ।

    सोमबार पोखरा रंगशालामा भएको डिस्कस थ्रोमा लुम्बिनीले पहिलो स्वर्ण हात पारेको हो । लुम्बिनीका लागि महिला स्पर्धामा संगिता अधिकारीले स्वर्ण पदक हात पारिन् ।

    उनले ३५ दशमलव १० मिटर थ्रो गर्दै स्वर्ण पदक जितेकी हुन् । स्वर्ण पदक विजेता संगितालाई लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले भेटेर बधाई दिएका थिए ।

    सोही स्पर्धामा एपीएफकी जीतकुमारी महतो दोस्रो र आर्मीकी मिलन बुढामगरले तेस्रो बनिन् । एथलेटिक्समा आईतबार लुम्बिनीकी निशा चौधरीले १०० मिटर दौडमा हिट चरणमा राष्ट्रिय कीर्तिमान राखेपनि स्वर्ण पदक जित्न असफल भएकी थिईन् ।

    नवौंमा हालसम्म ८७ स्वर्णको छिनोफानो हुँदा आर्मी ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ । एपीएफ १२ स्वर्ण सहित दोस्रो र एपीएफ ११ स्वर्ण सहित तेस्रो स्थानमा छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया