• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    दुर्घटनामा निधन भएका प्याराग्लाइडिङ खेलाडी थापाको अन्तेष्टि

    565
    SHARES


    काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको अन्तेष्टि गरिएको छ ।

    थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । त्रिभुवन आर्मी क्लबबाट क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापाको आइतबार दुर्घटनामा परि मृत्यु भएको थियो ।

    गोरखा घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो तर, अस्पतालले उनलाई मृत घोषणा गर्यो ।

    ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट उडान गरिरहेका थापा एक्कासी जमिनमा खस्न पुगेका थिए । उनलाई तत्काल उद्दार गरेर अस्पताल लगीएको थियो ।

    थापाको निधनसँगै प्याराग्लाइडिङका खेलहरु स्थगित गरिएको छ । उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया