• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतीय कांग्रेस अध्यक्ष पदका लागि मतदान जारी

    351
    SHARES


    काठमाडौँ। भारतीय कांग्रेसको नयाँ अध्यक्ष चयनका लागि आज मतदान हुँदैछ ।

    यसै क्रममा अन्तरिम अध्यक्ष सोनिया गान्धी र महासचिव प्रियङ्का गान्धी मतदानका लागि दिल्लीस्थित पार्टी मुख्यालय पुगेकी थिइन् । राहुल गान्धीले कर्नाटकको बेल्लारीमा मतदान गर्नेछन् ।

    पार्टी अध्यक्ष पदका लागि मल्लिकार्जुन खर्गे र शशि थरुरबीच प्रतिस्पर्धा रहेको छ । यसका लागि देशभरका ४० केन्द्रमा ६८ बुथ स्थापना गरिएको छ । यी मतदान केन्द्रहरूमा करिब ९,८०० मतदाताहरूले शशि थरुर र मल्लिकार्जुन खर्गे मध्ये कुनै एकलाई मतदान गर्नेछन् ।

    बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मतदान प्रक्रिया चल्नेछ । नतिजा बुधबार पार्टी मुख्यालय अकबर रोड, दिल्लीमा घोषणा गरिनेछ। यस निर्वाचनको विशेषता भनेको विगत २२ वर्षमा पहिलोपटक राष्ट्रपतिको निर्वाचनमा मतदानको अवस्था आएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया