• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नवौं राष्ट्रिय खेलकुदको सफ्ट टेनिसमा येकेश र समृद्धिलाई स्वर्ण

    394
    SHARES


    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसमा पुरुष एकलमा प्रदेश एकका येकेश योन्जनले स्वर्ण पदक जितेका छन् ।

    पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा एपीएफका प्रदिप खड्कालाई ४-१ ले हराएर येकेशले स्वर्ण जितेका हुन् ।

    पुरुष एकलमा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जितेका छन् । महिलातर्फ एपीएफकी समृद्धि महर्जनले स्वर्ण पदक जितेकी छिन् ।

    फाइनलमा बागमती प्रदेशकी चन्द्र माया राईलाई ४-२ ले हराएर समृद्धिले स्वर्ण जितेकी हुन् । प्रदेश एककी श्रेया योञ्जन र बागमती प्रदेशकी स्वस्तीका विष्टले कास्य जितिन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया