• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    बंगलादेशमा दुई रोहिंग्या नेताको हत्या, पछिल्लो समय हिंसात्मक बन्दै शरणार्थी बस्ती

    360
    SHARES


    काठमाडौँ। बंगलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीले जनाएको छ ।

    करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।

    हालैका महिनाहरूमा शरणार्थी बसोबास गर्ने बस्तीमा हिंसा बढेको छ । प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरे । पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिंग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

    सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिंग्या शरणार्थीलाई बंगलादेशमा विभिन्न शिविरमा राखिएको छ । उनीहरू स्वच्छ पिउने पानी, औषधि उपचार जस्ता अत्यावश्यक बस्तुको आपूर्तिबाट वञ्चित छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया