• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    नवौँ राष्ट्रिय खेलकुदमा कर्णालीले जित्यो पहिलो स्वर्ण

    405
    SHARES


    काठमाडौँ। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण जितेको छ । एथलेटिक्सको पुरुष तीन सय मिटर स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले कर्णालीलाई स्वर्ण पदक दिलाए ।

    पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् । कर्णालीका लागि यो पहिलो स्वर्ण हो ।

    एपीएफ अजित यादवले ९ मिनेट २१.१० सेकेन्डको समय निकाल्दै रजत जिते । त्यस्तै आर्मीका सुवास कार्कीले कास्य पदक हात पारे ।​ सुवासले ९ मिनेट २२.१५ सेकेन्डको समय निकाले ।

    दुर्गाविरुद्ध तीन विभाग सहित चार टिमले प्रोटेस्ट दर्ता गराएका थिए । उनले भारतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको भन्दै प्रोटेस्ट पनि दर्ता गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया