• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुपैयाँ कमजोर भएको हैन, डलर बलियो भएको हो : निर्मला सीतारमण

    320
    SHARES


    काठमाडौँ। भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले डलरको भाउ बढिरहेको बेला भारतीय रुपैयाँले आफ्नो मूल्य कायम राखेको बताएकी छन् । उनले भनिन्, ‘यदि हामीले सबै आधारभूत पक्षहरुलाई ध्यान दिएर हेर्छौं भने भारतको अर्थतन्त्र बलियो रहेको छ र मुद्रास्फीति बाँकी विश्वको तुलनामा कम छ।’

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वासिङ्टनमा भएको बैठकपछि निर्मला सीतारमणले अहिले मुद्रास्फीति सुधार गर्न सकिने स्तरमा रहेको बताएकि छिन् । अर्थमन्त्रीले भनिन्, ‘भारतीय अर्थतन्त्र राम्रो अवस्थामा रहेको छ। समस्टिगत आर्थिक आधारहरू पनि ठीक छन् । विदेशी मुद्रा पनि राम्रो अवस्थामा छ। त्यसैले म बारम्बार भन्छु कि मुद्रास्फीति अहिले जहाँ छ, त्यसलाई व्यवस्थापन गर्न सकिन्छ।’

    एक प्रश्नको जवाफमा उनले मुद्रास्फीतिलाई ६ प्रतिशतभन्दा तल ल्याउने प्रयास गर्ने र त्यसका लागि सरकारले निरन्तर प्रयास गरिरहेको बताइन् । निर्मला सितारमणले टर्की जस्ता देशमा मुद्रास्फीति दोहोरो अंकमा रहेको पनि बताइन् । बाह्य कारणले गर्दा धेरै देशहरू नराम्ररी प्रभावित रहेको उनको भनाइ रहेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया