• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    अरुलाई नराम्रो भनेर प्रचारप्रसार गर्न नपाइने

    371
    SHARES


    काठमाडौँ।  निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारहरूलाई निर्वाचन आयोगको आग्रह छ ।

    राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।

    आइतबार काठमाडौँमा पत्रकारसंग कुरा गर्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताएका छन् । आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए ।

    घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरेका हुन् । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरीत हुने उनको भनाइ रहेको छ । आचारसंहिताको परिधिभित्र बसेर कानुनी सजाय नपाउने गरी घरदैलो गर्न पनि उनले उम्मेदवारहरूलाई आग्रह गरे ।

    उनले उम्मेदवारहरूले आफू राम्रो र अरू नराम्रो भनी प्रचारप्रसार गर्न नपाइने उल्लेख गरेका हुन् । उम्मेदवारहरूलाई आफ्नो घोषणापत्र अनुरूप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ । अरू दल र स्वतन्त्र उम्मेदवारहरू नराम्रो भनी प्रचार गर्न नपाइने उनले उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले उम्मेदवारको मनोनयन पत्र खारेजसम्म गर्न सक्ने बताए ।

    आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिदै स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानुनी कारबाही अगाडी बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया