• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    टर्कीको खानी विस्फोट अपडेट : मृत्यु हुनेको संख्या ४० पुग्यो

    252
    SHARES


    काठमाडौँ। टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

    तेहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फोटमा परी आइतबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो ।

    टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिएका छन् । उनका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए । तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले सो खानी विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि जानकारी दिएका छन् ।

    सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी रहेको छ भने खानीमा विस्फोट भएपछि आगो लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो । सो क्षेत्रमा रहेका खानीहरूमा आवश्यकता मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा पनि नागरिकको ज्यान जाने क्रम भने नरोकिएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया