• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युगान्डामा फेरि इबोलाको प्रकोप, दुई जिल्लामा लकडाउन

    304
    SHARES


    काठमाडौँ। इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन जारि रहेको छ ।

    मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ ।

    युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले यसअघि लकडाउन लागू नगरिने बताउँदै आए पनि आफ्नो निर्णयबाट पछि हटेका छन् । पछिल्लो प्रकोपमा ५८ जना सङ्क्रमित हुनुका साथै १९ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अझै धेरै हुनसक्ने बताइएको छ । पछिल्लो पटकको प्रकोप सबैभन्दा पहिले राजधानी काम्पालाबाट ८० किलोमिटर टाढा रहेको मुबेन्डेमा देखिएको थियो । त्यही क्षेत्र यतिबेला प्रकोपको केन्द्रबिन्दु बनेको छ ।

    यसअघि मुसेभेनीले इबेला कोभिड-१९ जस्तै हावाबाट नसर्ने बताउँदै यसका लागि लकडाउन आवश्यक नरहेको बताए पनि उनले दुई जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका छन् । ‘यो संक्रमणलाई रोक्न अल्पकालीन व्यवस्था हो,’ टेलिभिजनमा गरिएको सम्बोधनमा उनले भने ।

    उनले यसको नियन्त्रणका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् । भाइरसको सङ्क्रमणको आशङ्का भएर पनि आइसोलेसनमा नबस्नेहरूलाई पक्राउ गर्न प्रहरीले निर्देशन दिइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया