• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ढुङ्गा प्रहारबाट सोलु भ्रमणमा आएका एक विदेशी घाइते, एक युवक पक्राउ

    353
    SHARES


    काठमाडौँ।  सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट घाइते भएका छन् । घाइते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया महिला क्याथृङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहीवार सोलुदुधकुण्ड नगरपालिका २ को सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन् ।

    प्रहरीका अनुसार सुरुमा ती पुरुषले विदेशीसँग डलर मागेको तर विदेशी महिलाले रकम दिन इन्कार गर्दा एक्कासी टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए । ढुङ्गा प्रहारबाट विदेशी महिलाको टाउकोमा गहिरो चोट लागेको छ ।

    उनको टाउकोमा ७ टाँका लगाइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । एक्लै सोलु भ्रमण आएका अमेरिकी नागरिक उपचारपछि काठमाण्डौ फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटना पश्चात प्रहरी चौकी बेनीबाट खटिएका प्रहरी टोलीले ३५ वर्षीय दावा जाङ्बु शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका शेर्पा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासतमा रहेका छन् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया