• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    देवदहदेखि माथागढीसम्म पदमार्ग निर्माण गरिदै

    388
    SHARES


    काठमाडौँ। रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ सरनवारीबाट पाल्पाको माथागढीसम्म पदमार्ग निर्माण हुने भएको छ ।

    देवदह नगरपालिका र मध्य पश्चिम पृतना बुटवलको संयुक्त आयाेजनामा पदमार्ग निर्माण गर्ने गरी संभाव्यता अध्ययन शुरु गरिएको छ । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पदमार्ग (सिंढीसहितको) निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको हो ।

    देवदह नगरपालिकाको आर्थिक र मध्य पश्चिम पृतना बुटवलको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिने देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले जानकारी दिएका छन् । तत्कालिन देवदह गाविसले ०५१ सालदेखि नै सरनवारीदेखि पाल्पाको माथागढीसम्म पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी योजना निर्माण गरेको भएपनि सिढिमार्ग निर्माण गर्न जनशक्ति नपाएका कारण रोकिएको खरेलले बताएका छन् ।

    सरनवारीदेखि माथागढी मन्दिर जान आउनको लागि हाल राम्रो बाटो नभएको अवस्थामा सिंढी निर्माण गरी पदमार्ग बनाउन लागिएको देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुगले बताइन् ।
    पदमार्ग सम्भाव्यता अध्ययन गर्न सरोकारवालाको एक टोलीले शनिबार स्थलगत अध्ययन गरेको छ । टोलीमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका-वडा सदस्य, सामुदायिक वन पदाधिकारी लगायतको सहभागिता थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया