• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बलात्कार प्रयास र कुटपिटको आरोपमा युनाइटेडका फरवार्ड ग्रिनवुड पक्राउ

    322
    SHARES


    काठमाडौँ। म्यानचेस्टर युनाइटेडका फुटबलर मेसन ग्रिनवुड बलात्कारको प्रयास, नियन्त्रण गर्ने व्यवहार र कुटपिटको आरोपमा पक्राउ परेका छन् ।

    अनलाइनमा फोटो र भिडियो पोष्ट भएपछि २१ वर्षीय फरवार्डलाई गत जनवरीमा प्रहरीले पक्राउ गरेको थियो ।

    त्यसपछि धरौटीमा रिहा भएका उनी त्यसको नियमहरु उल्लंघन गरेको आरोपमा शनिबार पुनः पक्राउ गरेका हुन् ।

    सोही महिलाको उजुरीको सम्बन्धमा ग्रिनवुडलाई पक्राउ गरिएको अभियोजकले जानकारी दिएका छन् । ग्रिनवुडलाई म्यानचेस्टर एन्ड सालफोर्ड म्याजिस्ट्रेट कोर्टमा सोमबार प्रस्तुत गरिने बताइएको छ ।

    इंग्ल्याण्डको सिनियर टोलीका लागि एक खेल खेलेका खेलाडीले पक्राउ परे यता म्यानचेस्टर युनाइटेडबाट खेल्ने वा प्रशिक्षण दुवै गरेका छैनन् । नाइकीले उनीसँगको प्रायोजन अन्त्य गरेको छ भने एलेक्ट्रोनिक आर्टस्ले फिफा २२ खेलबाट पनि उनलाई हटाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया