• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    ईश्वर पोखरेल भन्छन् : अबको निर्वाचन ओली कि देउबालाई प्रधानमन्त्री बनाउने लडाई हो

    540
    SHARES


    काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।

    आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

    आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना परिक्षण केन्द्र स्थापना गरेको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रुपमा बुझ्नुपर्ने पनि बताए ।

    नेकपा एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको तर गठबन्धनसँग कुनै सोच, योजना, दृष्टिकोण भविष्य र गन्तव्य नरहेको उनले बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया