• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    निर्वाचन आयोगलाई प्रचण्डले दिए लिखित स्पष्टीकरण

    342
    SHARES


    काठमाडौँ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योजना अनुसार उम्मेदवारी दर्ता गर्न जाँदा बाजा नबजाएको भन्दै निर्वाचन आयोगमा स्पष्टीकरण पेस गरेका छन् ।

    आइतबार उम्मेदवारी दर्ताको लागि गोरखा निर्वाचन क्षेत्र नं २ को कार्यलय जाँदा बाजाको प्रयोग भएको भन्दै निर्वाचन आयोगले दाहाललाई स्पष्टीकरण सोधेको थियो ।

    शनिबार गठबन्धनमा रहेका दलहरू बीचको संयुक्त कार्यकर्ता प्रशीक्षण कार्यक्रममा दाहालले आफूले लिखित स्पष्टीकरण दिएर आएको जानकारी गराएका हुन् ।

    शुक्रबार गोरखा पुगेका दाहालले पालुङटार यारपोर्ट संचालनका लागि नागरिक उड्ययन प्राधिकरणसँग विमानस्थलको अवस्था बारे जानकारी लिएका थिए भने  ‘केही दिनअघि चितवनको मेघौलीमा विमानस्थलको शिलान्यास भएको थियो, पालुङटार विमानस्थलको अवस्था के छ, त्यसरी नै शिलान्यास गर्न सकिँदैन भनेर हाकीमहरूसँग कुरा राख्दा, भोलि आउँ भन्नुभयो, उनले भने ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया