• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    डडेल्धुरामा सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

    541
    SHARES


    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ ।

    ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको हो । राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको पार्टीको आधिकारिक पेजमा उल्लेख गरिएको छ ।

    पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया