• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    ह्यारी पोटरका रुबियस हेग्रिडको भूमिकामा रहेका रोबी कोलट्रनको निधन

    735
    SHARES


    काठमाडौँ। हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ ।

    उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा भएको थियो । उनको वास्तविक नाम एन्थोनी रोबर्ट मेकमिलन थियो ।

    आफ्नो पढाई पूरा गरेपछि जब रोबीले अभिनयमा आफ्नो पाइला चाले, सुरुवाती दिनमा उनले निकै संघर्ष गर्नुपरेको थियो । अभिनयमा खासै सफलता नपाएपछि उनी क्लबमा स्टेण्ड अप कमेडी गर्न सक्रिय थिए । उनले आफ्नो अभिनय करियरको सूरुवात टेलिभिजन सिरियलबाट गरेका थिए ।

    फिल्ममा आउनुअघि उनले ‘फ्लेश गार्डन,’ ‘ब्लेकएडर’ र ‘कीप इट इन द फेमिली’ जस्ता शोमा काम गरेका थिए । यसबाहेक उनी ‘ए किक अप द एइटीज’, ‘द कमिक स्ट्रिप’ र ‘अल्फ्रेस्को’ जस्ता कमेडी शोमा पनि देखिएका थिए ।

    सन् १९९३ र २००६ को बीच प्रसारण भएको जिमी मेकगवर्नको क्रेकर सिरिजमा रोबी एक असामाजिक आपराधिक मनोवैज्ञानिकको भूमिकामा देखिएका थिए । तर उनले बढी चर्चा ‘ह्यारी पोटर’को भूमिकाबाट पाए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया