• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यस वर्षको मनसुन झन्डै दुई हप्ता लम्बिएर बाहिरिदै

    438
    SHARES


    काठमाडौँ। यस वर्षको मनसुन झन्डै दुई हप्ता लम्बिएर बाहिरिने चरणमा पुगेको छ ।

    अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको र मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

    नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो । तर मनसुन औसत समयभन्दा झन्डै दुई हप्ता लम्बिसकेको छ । अहिले कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई ठाउँमा चट्याङसहित सामान्य पानी पर्ने सम्भावना छ । राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया