• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    मेलम्चीको पानी चुनावअघि नै काठमाडाैंमा ल्याउने तयारि

    450
    SHARES


    काठमाडौँ। मेलम्चीको पानी चुनाव अगाडि नै काठमाडौँ उपत्यकामा ल्याउने तयारी भइरहेको छ ।

    खानेपानीको मुहानसम्म पुग्ने अस्थायी संरचना बनाई उपत्यकामा खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए ।

    ‘झण्डै साढे तीन किलोमिटर अस्थायी संरचना बगाएको छ, पहिला बनाएको रोडको प्लाटफर्म नै छैन,’ उनले भने, ‘मुहानसम्म पुग्ने अस्थायी संरचना बनाई टनेल सफा गरेपछि पानी ल्याउन सक्छौं ।’ अहिले अम्बाथानस्थित इन्जिनियरिङ क्याम्पसम्म पुग्ने २ किलोमिटर सडक उपभोक्ता समितिमार्फत् बनाइरहेको आयोजनाले जनाएको छ । यसैभित्र ५ सय मिटर सडक हेलम्बु गाउँपालिकाले निर्माण गरिरहेको उनले बताए ।

    क्याम्पदेखि पानीको मुहानसम्म झण्डै डेढ किलोमिटर सडक कन्ट्रयाक्टरमार्फत् बनाउने तयारी भइरहेको उनले जानकारी दिए । गत वर्ष यहीं संरचना बनाउन १८ करोड खर्च भएको थियो । यस वर्ष धेरै काम गर्नु नपर्ने भएकाले गत वर्षको तुलनामा ५० प्रतिशत कम खर्च हुने आंकलन गरिएको उनले बताए । ‘गएको वर्ष समयमै गेट बन्द गर्न नसक्दा टनेलमा धमिलो पानीसँगै गेग्रान समेत पसेको थियो । त्यहीं टनेल सफा गर्न १४/१५ दिन लाग्याे । यस वर्ष छिट्टै गेट बन्द गरिएकाले गेग्रानहरु पस्न पाएको छैन’ उनले भने, ‘त्यसैले पनि धेरै काम गर्नु पर्दैन । अस्थायी सडक बनाउन पनि गत वर्षजस्तो धेरै मेहनत गर्नु पर्दैन ।’

    आजको ७-८ दिनभित्र मुहानसम्म मान्छे पुग्न सक्ने वातावरण मात्र बनाउन सकियो भाहने पनि चुनावअघि नै पानी ल्याउन सकिने उनले बताए । ‘आकाशे पानी पर्न छोडेपछि उपत्यकामा पानीको अभाव बढ्न थाल्छ, त्यसैले उपत्यकामा अभाव खड्किनु अगावै पानी ल्याउने लक्ष्य हाम्रो हो,’ उनले भने, ‘चुनावलक्षित भन्दा पनि पानीको अभाव हुनुअघि नै वितरणा गर्नु हो । प्राकृतिक विपत्तीपछि दोस्रो पटक अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया