• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    बैतडीमा नुहाउने क्रममा नदीमा बगेर एक जनाको गयो ज्यान

    547
    SHARES


    काठमाडौँ । बैतडीमा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।

    जिल्लाको पाटन नगरपालिका(१ जरौलीका ५४ वर्षीय नरबहादुर भट्टराईको शुक्रबार नुहाँउने क्रममा सुर्नया नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    नुहाउने क्रममा बगेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए ।

    उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी जनाएको छ। उनी नेपाल विद्युत् प्राधिकरणको युनिट कार्यालय पाटनमा कार्यालय सहयोगीका रूपमा समेत कार्यरत रहेका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया