• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी : विनोद चौधरी

    0.9K
    SHARES


    काठमाण्डाै। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताए ।

    आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा आफूलाई भोट हालेर युवाको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे का छन् । उनले अब योजना र भिजन भएका युवा राजनीतिमा आउनुपर्ने पनि बताए ।

    चौधरीले देशकाे दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताएका  छन् । युवाले खोजेको रोजगारी र नेपाल बनाउनका लागि प्रत्यक्ष चुनावमा उठेकाे उनको भनाइ रहेको छ । चौधरीले सबै चार्टर्ड एकाउन्टेन्टसहरूलाई भेटेर भोट माग्ने आकाङ्क्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरे ।

    चौधरीले आफूले चार्टड अकाउन्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउन्टेन्टकाे जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने पनि उनले बताए । उनले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उल्लेख गरेका छन् ।

    चौधरीले आफूलाई धन सम्पत्तिकाे कुनै खाँचो नरहेको तर आफू जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहोर्याए । नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको उनले गुनासो गरे । उनले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबदलिएकाे बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया