• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

    1.6K
    SHARES


    इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित जनताका अगाडि घुँडा टेक्न विवश भएको इतिहास सर्वविदितै छ । पेरिस कम्युन र अक्टोबर क्रान्तिपूर्व क्रान्ति एवम् समाजवाद पुँजीवादी डाँकुहरू र विश्वका श्रमिक तथा उत्पीडित जनताका वर्ग–सैतानहरूलाई हवाईकल्पना वा दिवासपना लाग्थ्यो । पेरिस कम्युनले आकाशका विरुद्ध धावा बोल्यो । माक्र्सवादी एवम् कम्युनिस्ट विचार भौतिक शक्तिमा रूपान्तरण भयो । अक्टोबर क्रान्तिको विजयले विश्वको छ खण्डको एक खण्ड विशाल भूभाग पुँजीवादी शोषण, उत्पीडन र घेराबाट मुक्त भई सोभियत सङ्घको जन्म भयो । त्यसले ‘समाजवाद स्वप्नद्रष्टाहरूको मनगढन्ते कुरा होइन, यो त आधुनिक समाजमा उत्पादक शक्तिहरूको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो ।’

    (माक्र्स–एङ्गेल्स, सङ्कलित रचनाहरू, खण्ड १, पृष्ठ १५) मा उल्लेख भएझैँ वैज्ञानिक समाजवाद सुनको भ¥याङ चढेर आकाश छुने हवाईकल्पना एवम् कुम्भकर्ण निद्राको सपना होइन भन्ने पुष्टि भयो । त्यसले विश्वका सबै श्रमिक तथा उत्पीडित जनतालाई समाजवादको दिशामा अघि बढ्न प्रेरित एवम् आह्वान ग¥यो । त्यो लहर पूर्वीयुरोप, विशाल चीनलगायत दर्जनौँ मुलुकमा फैलियो । त्यो कुनै वीरको चमत्कारले होइन, इतिहासका निर्माता जनताको तागतले हो । क्रान्ति कुनै पार्टीगत र व्यक्तिगत चाहना एवम् मामिला नभएर देश र जनताको चाहना र आवश्यकता हो । कम्युनिस्ट पार्टी उत्पीडित श्रमिक र आमजनताको अग्रदस्ता हो ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिको नेतृत्व गर्नु भनेको आमश्रमिक र उत्पीडित जनताको नेतृत्व गर्ने मामिला हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वले कार्यकर्ता र जनवर्गीय सङ्गठन÷मोर्चाहरूसँग मात्र सम्बन्ध कायम गरेर हुँदैन, इतिहासका निर्माता जनताबाट सिकेर जनतामा लैजाने जननीति एवम् जनदिशालाई सधैँ आत्मसाथ गर्नै पर्दछ । जनतालाई आकर्षित, सचेत, सङ्गठित र आन्दोलित गर्ने महत्वपूर्ण साधन जनवर्गीय सङ्गठन÷मोर्चाहरू नै हुन् । इतिहासका निर्माता जनताबिना क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र नयाँ इतिहासको रचना गर्न असम्भव छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, जनवर्गीय सङ्गठन÷मोर्चाहरू र जनताबीच माछा र पानी तथा नङ र मासुजस्तै सम्बन्ध हुनुपर्छ । यसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूको आवश्यकता, महत्व, भूमिका र अन्तरसम्बन्धबारे उल्लेख गरिनेछ ।

    सच्चा कम्युनिस्टहरूको वास्तविक पार्टी नै कम्युनिस्ट पार्टी हो । यसको विचारधारात्मक मार्गनिर्देशन गर्ने सैद्धान्तिक आधार माक्र्सवाद–लेनिनवाद–माओवाद हो । कमरेड लेनिनले ‘तीव्र गृहयुद्धको वर्तमान युगमा कम्युनिस्ट पार्टीले तब मात्र आफ्नो कर्तव्य पूरा गर्न सक्नेछ जब त्यो अत्यधिक केन्द्रित ढङ्गबाट सङ्गठित रहेको हुन्छ, जब त्यसमा सैनिक अनुशासनसरहको फलामे अनुशासन हुन्छ र जब त्यसको केन्द्रीय सङ्गठन व्यापक शक्तिको प्रयोग गर्ने सारा पार्टी सदस्यहरूको विश्वास प्राप्त एउटा शक्तिशाली र आधिकारिक निकाय रहन्छ’ (लेनिन सङ्कलित रचनासङ्ग्रह, भाग २५, पृष्ठ २८२–८३) मा भनेझैँ अनुशासित र क्रान्तिकारी कम्युनिस्ट पार्टी त्यसको केन्द्रीय सङ्गठन व्यापक शक्तिको प्रयोग गर्ने र शक्तिशाली र आधिकारिक निकाय भनेको व्यापक जनवर्गमा जाने विषय हो ।

    लेनिनले अझैँ जोड दिएर ‘हाम्रो पार्टी एउटा वर्गको पार्टी हो । हामी त्यही पार्टीका सदस्य हौँ । त्यसैले प्रायः सम्पूर्ण वर्गले हाम्रो पार्टीको नेतृत्वमा काम गर्नुपर्छ र सकेसम्म घनिष्ठ रूपमा हाम्रो पार्टीको अनुगामी बन्नुपर्छ तर पुँजीवादअन्तर्गतजस्तो पुच्छरवादी बन्ने र झूट्टो आत्मसन्तुष्टि र निरर्थक दिवास्वप्न देख्ने मैनिलोव होइन, …आमजनताबीचको भेदलाई बिर्सनु अधिकाधिक व्यापक जनसमुदायहरूलाई उच्चतम् स्तरसम्म उठाउने अगुवाको अटुट कर्तव्यलाई बिर्सनुको अर्थ आफैँलाई धोका दिनु हो । हाम्रा अभिभाराहरूको विशालताप्रति आँखा चिम्लनु र त्यसलाई सङ्कुचित पार्नु हो’ (लेनिन सङ्कलित रचनासङ्ग्रह, भाग ६, पृष्ठ २०५–२०६) मा भन्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूले व्यापक जनसमुदायलाई उच्चतम् स्तरसम्म उठाउने, अगुवाको कर्तव्य एवम् दायित्वबोध गर्ने र युगीन अभिभाराहरूप्रति आँखा नचिम्लने एवम् सङ्कुचित नभएर मात्र क्रान्ति र जनताप्रतिका युगीन अभिभाराहरू पूरा गर्न सकिन्छ ।

    कमरेड स्टालिनले भनेझैँ कम्युनिस्ट पार्टी आमश्रमिक एवम् उत्पीडित जनताको अगुवा, सङ्गठित दस्ता, उच्चतम् रूपको वर्गसङ्गठन, अधिनायकत्वको साधन, गुटबन्दी र अवसरवादी तत्वविरोधी सङ्कल्पबद्ध एकताको प्रतिक हो । कमरेड माओले क्रान्तिको नेतृत्व गर्ने केन्द्रीय शक्ति नै क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । क्रान्तिकारी सिद्धान्त र पद्धतिअनुसार बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति असम्भव बताउनुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्तालाई परास्त गर्न पनि असम्भव छ । सच्चा कम्युनिस्टहरूको वास्तविक कम्युनिस्ट पार्टीबिना विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्ताको शोषण–उत्पीडनलाई अन्त्य गर्ने क्रान्ति असम्भव छ । क्रान्तिद्वारा विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्ताको शोषण–उत्पीडनको अन्त्य गरेर मात्र मुक्ति, स्वाधीनता, शान्ति र समृद्धिमा आधारित वैज्ञानिक समाजवादको स्थापना सम्भव छ । त्यसैले सम्पूर्ण आमश्रमिक एवम् उत्पीडित जनताको नेतृत्वदायी केन्द्रीय शक्ति नै क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । त्यो पार्टी र क्रान्तिको शक्तिद्वारा मात्र विश्वसाम्राज्यवाद र दलाल पुँजीवादी संसदीय सत्ताको पराजय र वैज्ञानिक समाजवादको विजय सम्भव हुनेछ ।

    कुनै पनि क्रान्ति र जनताको नेतृत्व गर्नु क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय एवम् मुख्य काम हो । त्यो काम समग्रमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूको नेतृत्वको माध्यमबाट नै गरिन्छ । विश्वका सबै क्रान्तिहरूमा जस्तै नेपालमा पनि क्रान्ति र जनताको नेतृत्व गर्ने काम क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूले गरिरहेका छन् । नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालले सर्वप्रथम जनवर्गीय सङ्गठनहरूको गठन गर्नुभएको थियो । त्यसबेला ‘पार्टीको सिद्धान्त र राजनीति जनताको समाजको शोषित र पीडित अङ्गका बीचमा पु¥याउनका निम्ति, उनीहरूको दिमागबाट सामन्ती तथा पुँजीवादी विचार हटाउनका निम्ति, उनीहरूमा वर्गीय चेतनाको वृद्धि गर्नका निम्ति पार्टीले उनीहरूकै तत्कालीन र मौलिक मागहरूलाई लिई उनीहरूकै जनवर्गीय सङ्गठनमा सङ्गठित गर्ने फैसला ग¥यो’ भनेर कमरेड पुष्पलालले ‘नेपालमा कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास’ (भाग एक, पृष्ठ ५३) ‘विभिन्न जनवर्गीय सङ्गठनहरूको गठन’ उपशीर्षकमा उल्लेख गर्नुभएको थियो । त्यसपछि पार्टी र जनवर्गीय सङ्गठनहरूमा काम गर्ने नेता तथा कार्यकर्ताहरूको कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूमा आगमन भएको थियो । जनवर्गीय सङ्गठनहरूबाट पार्टी कामको सम्पर्क आउने क्रमको पनि प्रारम्भ भएको थियो । पार्टीले मजदुर, किसान, विद्यार्थी, युवा तथा महिला जनवर्गीय सङ्गठनसम्बन्धी नीति निर्माण र जनवर्गीय सङ्गठनहरूका समस्या र मागहरूलाई सूत्रबद्ध गरेर फरक–फरक घोषणापत्र तयार ग¥यो । ती जनवर्गीय सङ्गठनहरूको घोषणापत्रहरूको मुख्य आधार नेकपाको प्रथम घोषणापत्रमा गरिएको अपिल नै थियो । नेकपाको प्रथम घोषणापत्रमा गरिएको अपिलले एकातिर कम्युनिस्ट पार्टी लोकप्रिय र स्थापित भयो भने अर्कोतिर जनवर्गीय सङ्गठनहरूको घोषणापत्रहरूको अपिलले व्यापक जनमत निर्माण गरेको थियो । आज नेपालमा कम्युनिस्ट र समाजवाद दुवै लोकप्रिय मात्र होइन, कम्युनिस्ट र समाजवादका पक्षमा विशाल जनलहर देखा परिरहेको छ । अब कम्युनिस्ट र समाजवादका पक्षमा रहेको यो विशाल जनलहरलाई नयाँ कम्युनिस्ट क्रान्ति र वैज्ञानिक समाजवादको विजयमा बदल्नु नै क्रान्तिको केन्द्रीय एवम् मुख्य अभिभारा हो ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेतृत्व गर्ने क्रान्ति र वैज्ञानिक समाजवादको स्थापना भनेकै देश र आमश्रमिक तथा उत्पीडित जनताको खातिर हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूको मुख्य काम नै देश, जनता र क्रान्तिको काम हो । जनवर्गीय सङ्गठन÷मोर्चाहरू भनेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका अङ्ग–प्रत्यङ्गहरू हुन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीको विचार, सिद्धान्त, दृष्टिकोण, कार्यदिशा, कार्यनीति र राजनीतिक कार्यक्रम आमश्रमिक तथा उत्पीडित जनताका बीचमा पु¥याउने एवम् सम्पे्रषण गर्ने र उनीहरूलाई आकर्षित, सचेत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने विशिष्ट काम जनवर्गीय सङ्गठन÷मोर्चाहरूको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनता र क्रान्तिको समग्र एवम् आमनेतृत्व गर्दछ ।

    जनवर्गीय सङ्गठन÷मोर्चाहरूमा काम गर्ने सन्दर्भमा विशुद्ध ढङ्गले पेसागत एवम् व्यावसायिक बन्ने र राजनीतिको गन्ध पनि आउनु हुन्न भन्ने दुई खराब चिन्तन देखापर्ने गरेका छन् । बढी राजनीतीकरण गर्न खोज्ने चिन्तनले पेसागत एवम् व्यावसायिक विशेषताको पक्षलाई गौण बनाउँछ भने विशुद्ध पेसागत एवम् व्यावसायिक बन्ने र बनाउने चिन्तनले अर्थवादतिर धकेल्न पुग्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूबीच अटुट अन्तरसम्बन्ध हुन्छ । पार्टी जनवर्गीय सङ्गठन÷मोर्चा बन्ने र जनवर्गीय सङ्गठन÷मोर्चाहरू नै पार्टी बन्ने अतिबाट बचेर यी दुईबीचको अन्तरसम्बन्धलाई उचित ढङ्गले कायम गर्न जरुरी छ । जनवर्गीय सङ्गठन÷मोर्चाहरूको आफ्नो विशेषता एवम् स्वत्व हुन्छ । विशेषता एवम् स्वत्वका नाममा बेलगाम असनको साँढे बन्ने र बनाउनु हुँदैन । त्यसबाट बचाउन खोज्दा फेरि लगाम लगाएको टाँगा पनि बनाइनु हुन्न । यी दुवै अतिबाट जनवर्गीय सङ्गठन÷मोर्चाहरूलाई बचाउन जरुरी छ । पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूको अन्तरसम्बन्धलाई ठीक ढङ्गले बुझ्नु र वैज्ञानिक र कलात्मक परिचालन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि नै पार्टीले जनवर्गीय सङ्गठन÷मोर्चाहरूमा फ्र्याक्सनको व्यवस्था अनिवार्य गरेको हुन्छ ।

    जनवर्गीय सङ्गठन÷मोर्चाहरूमा काम गर्ने सदस्यहरू सबै कम्युनिस्ट नहुने भएकाले फ्र्याक्सनले जनवर्गीय सङ्गठन÷मोर्चाहरूका बैठक, भेला र सम्मेलनहरूमा कम्युनिस्ट सहभागिता र नेतृत्वका लागि आवश्यक तयारी र पहल गर्नुपर्छ । फ्र्याक्सनले जनवर्गीय सङ्गठन÷मोर्चाहरूको प्रस्ताव, चुन्ने–चुनिने विधि–पद्धतिको निर्धारण र नेतृत्व चयनमा सक्षम, अनुभवी र उत्साहित व्यक्ति चयन गर्नेमा ध्यान दिनुपर्दछ । फ्र्याक्सनले जनवर्गीय सङ्गठन÷मोर्चाहरूका हरेक गतिविधिहरूमा अप्रत्यक्ष नेतृत्व गर्नुपर्दछ । जनवर्गीय सङ्गठन÷मोर्चाहरूलाई माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारात्मक आलोकमा पार्टीले मार्गनिर्देशन गर्नुपर्दछ । जनवर्गीय सङ्गठन÷मोर्चाहरूका लागि माक्र्सवादी–लेनिनवादी–माओवादीे विचारधारात्मक स्कुल खडा गरेर माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारात्मक रूपले प्रशिक्षित गरिनुपर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूको अन्तिम लक्ष्य क्रान्तिलाई निर्णायक विजयमा पु¥याउने र वैज्ञानिक समाजवादको झन्डा फहराउने हो । जनवर्गीय सङ्गठन÷मोर्चाहरूलाई पार्टी र क्रान्तिका निम्ति राजनीतिक साधन, नेता कार्यकर्ता जन्माउने कारखाना एवम् पाठशाला बनाउन जरुरी छ । जनवर्गीय सङ्गठन÷मोर्चाहरूको विशिष्टीकरण गरेर उचित परिचालन गर्न आवश्यक छ । हरेक सङ्घर्षका रूप, काम र तरिकाजस्तै सङ्गठनका रूप, काम र तरीका पनि परिस्थितिसापेक्ष नै हुन्छन् । त्यसैले आज जनताका आफ्ना समस्या र मागका आधारमा आन्दोलन उठाउने र उनीहरूलाई आकर्षित, सचेत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने तथा त्यसलाई राजनीतिक सत्ता–सङ्घर्षसँग जोड्न आवश्यक छ । जहाँ जनता त्यहाँ जनसङ्गठन जनवर्गीय सङ्गठन÷मोर्चाहरूको आम नीति बनाइनु पर्दछ । आमजनताका वर्गीय, क्षेत्रीय, लैङ्गिक र जातीय समस्याहरूलाई क्रान्तिकारी राजनीतिक चेतनामा बदल्न जरुरी छ । आमजनताको साधारण र वर्गीय चेतनालाई प्रबुद्ध वैज्ञानिक समाजवादी वर्गीय चेतनामा रूपान्तरण गरिनुपर्दछ । त्यसका खातिर जनवर्गीय सङ्गठन÷मोर्चाहरूको सङ्गठनात्मक संरचना, कार्यक्रम र कार्यशैलीमा विकास गर्न र कामकारबाहीहरूलाई व्यवस्थित, व्यापक र प्रभावकारी बनाउन जरुरी छ ।

    क्रान्तिको सफलता, प्रतिक्रान्ति रोक्न, क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न, निरन्तर र निर्णायक क्रान्तिको दिशामा अघि बढ्न लाखौँलाख उत्तराधिकारीका रूपमा जनवर्गीय सङ्गठन÷मोर्चाहरूको निर्माण र व्यवस्थित परिचालन कुनै पनि पार्टीका लागि निकै महत्वपूर्ण हुन्छ । पार्टी र क्रान्तिका लागि जनवर्गीय सङ्गठन÷मोर्चाहरूबाट नै कार्यकर्ता उत्पादन हुन्छन् । दिमित्रोयले प्रस्तुत गर्नुभएको कार्यकर्तासम्बन्धी चारवटा नीतिगत सर्त– उद्देश्यपूर्ण समर्पण, जनसमुदायसँगको सजीव सम्बन्ध, स्वतन्त्र रूपले आफ्नो दायित्व बहन गर्ने क्षमता र अनुशासनको निष्ठापूर्ण पालना गर्नु जनवर्गीय सङ्गठन÷मोर्चाहरू र कार्यकर्ताहरूका लागि आधारभूत रूपले महत्वपूर्ण छन् । कम्युनिस्ट पार्टीले तिनीहरूलाई आधार बनाएर जनवर्गीय सङ्गठन÷मोर्चाहरूको निर्माण र परिचालन गर्नु पर्दछ । स्टालिनले कार्यदिशा घोषणाका लागि होइन, जीवनव्यवहारमा कार्यान्वित गर्नका लागि एउटा सही कार्यदिशाको आवश्यकता र त्यसको कार्यान्वयनका लागि कार्यदिशा बुझ्ने, लागू गर्ने, जबाफदेही र त्यसको रक्षा गर्ने एवम् लड्न तयार कार्यकर्ता हुनुपर्ने विषयमा निकै जोड दिनुभएको थियो । स्टालिनले कार्यकर्ताहरूको छनोट, बढुवा र बाँडफाँटमा कुनै व्यक्तिको वरिपरि थुप्रै सहयोगी तथा मुन्तिरकाहरूको जमघट गर्ने, कार्यालय स्थापना गर्ने र एकपछि अर्को आदेश निकाल्ने कुराको विरोध गर्नुभएको थियो । साथै उहाँले कुनै तर्क वा कारणबिना दर्जनौँ तथा सयौँ मानिसहरूलाई एउटा कामबाट अर्को काममा सरुवा गर्दै र अनन्त आफ्नो शक्तिको ‘पुनर्गठनहरू’ गर्दै आफ्नो शक्तिको दुरुपयोग गर्ने कुराको पनि विरोध गर्नुभएको थियो ।

    स्टालिनले कार्यकर्ताहरूको सही छनोटका लागि पहिलो, स्वर्ण जगेडाका रूपमा कदर गर्नु, मूल्यवान् ठानी जतन र सम्मान गर्नु, दोस्रो, वैयक्तिक गुण र त्रुटिको अध्ययन र क्षमता विकास गर्नु, तेस्रो, कार्यकर्ताहरूलाई हुर्काउनु, अघि बढ्न मद्दत गर्नु र समय प्रदान गर्नु, चौथो, नयाँ र पुराना कार्यकर्ताहरूको हिम्मतका साथ पदोन्नति गर्नु, पाँचौँ, कार्यकर्ताहरूको बाँडफाँट प्रत्येकले आफू ठीक ठाउँमा रहेको अनुभव गरोस् र साझा लक्ष्यमा अधिकतम् योगदान गरोस् भन्ने राजनीतिक र व्यावहारिक कसीमा जोड दिनुभएको थियो । कम्युनिस्ट पार्टीले जनवर्गीय सङ्गठन÷मोर्चाहरूका नेता–कार्यकर्ताहरूको समग्र पक्षको अध्ययन गरेर कार्यकर्ताको छनोट गर्नुपर्दछ । उनीहरूको पदोन्नति गर्दा क्षमता, राजनीतिक इमानदारी र क्रियाशीलतालाई मुख्य कसी बनाई उचित ढङ्गले गर्नुपर्दछ । उनीहरूको परिचालनमा नोकरशाही, उदारता, गुटगत र कृपावादबाट कम्युनिस्ट पार्टी सचेत हुनुपर्दछ । विचार, कार्यदिशा, योजना र गतिमा स्पष्ट बनाई निरन्तर मार्गदर्शन गरिनुपर्दछ । उनीहरूलाई काम गर्ने तरिका सिकाउनुका साथै स्तर विकासमा ध्यान दिनुपर्दछ । कार्यकर्ताहरू आजीवन कर्ता मात्र होइनन्, एक तहका नेता र क्रान्तिको जीवन र भविष्य पनि हुन् । आज कार्यकर्ताहरूलाई विचारधारात्मक स्तरवृद्धि, समिति प्रणालीमा परिचालन, उनीहरूको व्यवस्थापन र वर्ग एवम् समाज तथा क्रान्तिप्रति उत्तरदायी बनाउन आवश्यक छ । कम्युनिस्ट पार्टीका र जनवर्गीय सङ्गठन÷मोर्चाहरूका कार्यकर्ताहरू नेताप्रति मात्र होइन, पार्टी, सङ्गठन, जनता र क्रान्तिप्रति उत्तरदायी हुनुपर्दछ ।

    मुलुक एवम् जनताका जल्दाबल्दा समस्याहरूको पहिचान गरी निश्चित मागहरूका आधारमा जनवर्गीय सङ्गठन÷मोर्चाहरूलाई आन्दोलित गर्नुको राजनीतिक महत्व नदेख्ने सङ्कीर्णतावादी र आंशिक सुधारको वरिपरि घुम्ने र राजनीतिक आन्दोलनबाट जनवर्गीय सङ्गठन÷मोर्चाहरूको आन्दोलनलाई अलग राख्न खोज्ने अर्थवाद र सुधारवादविरुद्ध कम्युनिस्ट क्रान्तिकारीहरूले सङ्घर्ष गर्न जरुरी हुन्छ । जनवर्गीय सङ्गठन÷मोर्चाहरूले आंशिक सुधारात्मक आन्दोलनमा मात्र जोड दिने र आमूल परिवर्तनलाई अस्वीकार गर्ने दक्षिणपन्थी अवसरवाद, आमूल परिवर्तनमा मात्र जोड दिई सुधारात्मक आन्दोलनलाई नकार्ने उग्रपन्थी र अलगाववादी दुवै अतिबाट सतर्क रही दक्षिणपन्थी एवम् संसदीय संशोधनवाद, प्रतिक्रियावाद र अर्थवादविरुद्ध सङ्घर्ष गर्नु पर्दछ । कम्युनिस्ट पार्टीले जनवर्गीय सङ्गठन÷मोर्चाहरूको शक्तिलाई विशुद्ध पेसागत समस्या र गतिविधिमा मात्र सीमित राख्ने होइन, पेसागत हकहितको आन्दोलनलाई समग्र वर्गसङ्घर्षसँग एकाकार गर्न जरुरी छ ।

    आमजनतालाई आकर्षित, सङ्गठित तथा आन्दोलित गरेर मात्र जनवर्गीय सङ्गठन÷मोर्चाहरूले नयाँ कार्यभारहरूको दृढ कार्यान्वयन गर्न सक्छन् । जनवर्गीय सङ्गठन÷मोर्चाहरूले पेसागत हकहित र अधिकारका लागि मात्र होइन, सबै राजनीतिक आन्दोलनमा महत्वपूर्ण तथा अविस्मरणीय भूमिका निर्वाह गरेको इतिहास सर्वविदितै छ । महान् जनयुद्धपूर्व र त्यसको थालनीपछि जनवर्गीय सङ्गठन÷मोर्चाहरूले गरेको जनयुद्धका लागि देशव्यापी आधार तयार पार्ने र त्यसको सेवा गर्ने काम सामान्य समर्थन र सहयोगमा सीमित थिएन । आत्मत्यागमय ढङ्गले क्रान्तिको सेवा आफ्नो स्वार्थको तिलाञ्जली दिएर गरेका थिए । जनवर्गीय सङ्गठन÷मोर्चाहरूको महान् जनयुद्धमा भौतिक रूपले प्रत्यक्ष सहभागिता थियो ।

    जनवर्गीय सङ्गठन÷मोर्चाहरूले तमामखाले गलत प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने र शोषित–उत्पीडित बहुसङ्ख्यक जनताको हितका लागि समर्पित भएर मात्र ऐतिहासिक एवम् अग्रीम भूमिका निर्वाह गर्न सक्छन् । वर्गसमाज रहेसम्म त्यसको प्रभाव पार्टी र सङ्गठनहरूमा पनि रहिरहन्छ । वर्गसङ्घर्षसँगै अन्तरसङ्घर्ष पनि जारी रहन्छ । यो क्रान्तिको सार्वभौम नियम पनि हो । त्यसैले जनवर्गीय सङ्गठन÷मोर्चाहरूले गैरसर्वहारावादी खराब प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुपर्छ । यो वर्गसङ्घर्षको अनिवार्य सर्त हो । जनवर्गीय सङ्गठन÷मोर्चाहरूलाई व्यापक जनसमुदायबीच फैलाएर, दलाल, राष्ट्रघाती र जनघाती सत्ताको दमनका विरुद्ध जुझारु र बृहत् आन्दोलन सङ्गठित गरेर, पुरानो राज्यप्रणाली ध्वस्त पार्न देशव्यापी आन्दोलन सञ्चालन गरेर वैज्ञानिक दृष्टिकोण र विचारको गहन अध्ययन र व्यापक प्रसारप्रचार गर्नुपर्दछ । प्रत्येक जनवर्गीय सङ्गठन÷मोर्चाहरूले विशिष्ट मोर्चा निर्माण गरेर नै क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्छन् । त्यसले नै पार्टीको जनसङ्घर्ष, जनप्रतिरोध र जनविद्रोहको आमनीतिको कार्यान्वयन गर्दछ ।

    अन्त्यमा जनता नै इतिहासका निर्माता हुन् । इतिहासमा जनताको समर्थन, सहयोग, सहभागिता र बलिदानमा सञ्चालित हरेक विशाल सङ्घर्ष एवम् आन्दोलनहरू झिनो लेनदेनमा सीमित हुनुले जनतालाई धोका र जनादेशको उपहास भइरहेको छ । इतिहासका निर्माता जनताबाट सिकेर जनतामा लैजाने जननीति एवम् जनदिशालाई कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूले सधैँ आत्मसाथ गरौँ । कम्युनिस्ट पार्टी आमश्रमिक एवम् उत्पीडित जनताको अगुवा, सङ्गठित दस्ता, उच्चतम् रूपको वर्गसङ्गठन र अधिनायकत्वको साधन हो । त्यो पार्टीमा गुटबन्दी र अवसरवादी तत्वको कुनै स्थान हुँदैन । एक क्रान्तिकारी कम्युनिस्ट पार्टी र जनवर्गीय सङ्गठन÷मोर्चाहरूको अन्तिम लक्ष्य क्रान्तिलाई निर्णायक विजयमा पु¥याउने र वैज्ञानिक समाजवादको झन्डा फहराउने हो । जनवर्गीय सङ्गठन÷मोर्चाहरूलाई पार्टी र क्रान्तिका निम्ति राजनीतिक साधन, नेता कार्यकर्ता जन्माउने कारखाना एवम् पाठशालाका रूपमा निर्माण र विकास गरौँ । जनताका आफ्ना समस्या र मागका आधारमा आन्दोलन उठाउने र उनीहरूलाई आकर्षित, सचेत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने तथा त्यसलाई राजनीतिक सत्ता सङ्घर्षसँग जोडौँ । जनवर्गीय सङ्गठन÷मोर्चाहरू भनेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका अङ्ग–प्रत्यङ्गहरू हुन् ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीको विचार, कार्यदिशा, कार्यनीति र राजनीतिक कार्यक्रम आमश्रमिक तथा उत्पीडित जनताका बीचमा पु¥याउने एवम् सम्पे्रषण गर्ने र उनीहरूलाई आकर्षित, जागृत, सङ्गठित, आन्दोलित र नेतृत्व गर्ने विशिष्ट काम जनवर्गीय सङ्गठन÷मोर्चाहरूको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनता र क्रान्तिको समग्र एवम् आमनेतृत्व गर्दछ । महान् माओका ‘हाम्रो कामको आरम्भबिन्दु जनताको सेवा गर्नु हो र कहिल्यै एक छिनका निम्ति पनि आफूलाई जनसमूहबाट नअलग्याउनु हो । आफ्नै व्यक्तिगत हित अथवा सानो दलको हितबाट होइन तर जनताको हितबाट सबै अवस्थामा लम्कनु हो र जनताप्रतिको हाम्रो जिम्मेवारीलाई पार्टीका अगुवा अङ्गहरूप्रतिको जिम्मेवारीसित एकाकार तुल्याउनु हो’ (माओ, संयुक्त सरकारका विषयमा, २४ अप्रिल १९४५) र ‘सेनाले जनतासित एक हुनैपर्छ । त्यसो भए उनीहरूले यसलाई आफ्नै सेना ठान्छन् । त्यस्तो सेना अरूबाट जित्न नसकिने हुन्छ’ (माओ, दीर्घकालीन युद्धका विषयमा, मे १९३८) । यी भनाइहरूलाई आत्मसात गरौँ । वैज्ञानिक समाजवाद– जिन्दावाद !
    २८ असोज, २०७९

     



    प्रतिक्रिया