• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    ओलीलाई रावलकाे प्रश्न: प्रधानमन्त्री हुँदा बालुवाटार र अस्पतालमा समय बिताउने लाई टिकट दिने हो त ?

    655
    SHARES


    काठमाडौँ। नेकपा एमालेका नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउने गरेको बताए ।

    काठमाडौँमा पत्रकार सम्मेलन गरेर ओली विरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीको राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण आफूलाइ टिकट नदिएको बताए।

    अछाम १ बाट सर्वसम्मत सिफारिस हुँदा पनि ओलीले टिकट नदिएपछि असन्तुष्टि पोखेका हुन् ।

    ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा सहभागी नहुने । आफूलाई बोल्न मन लगेको बेलामा अरूलाई उपस्थित हुन उर्दी जारी गर्ने । झण्डै दुई तिहाइको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने। तर, निरन्तर देश र संसद्मा सक्रिय भूमिका खेल्दा उम्मेदवार हुन नपाउने किन ?’रावलले प्रस्न पनि गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया