• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    मनोरञ्जन समाचार

    जी-बबको परिवार र एएनटीएफबीच सम्झौता, कन्सर्टमा परिवारका सदस्य पनि उपस्थित हुने

    658
    SHARES


    काठमाडौं । र्‍यापर जी-बबको परिवार र अल नेपाल थग फेमिली (एएनटीएफ)बीच सम्झौता भएको छ । जसमा कन्सर्टदेखि सेयर बाँडफाँटसम्मका बुँदा समेटिएका छन् ।

    हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी-बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको छ । यो सहमतिसँगै जी-बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुनेछन् ।

    नेपालमा हुने प्रत्येक कन्सर्टमा जी-बबको घरका एकजना सदस्य अनिवार्य उपस्थित हुने सहमति जुटेको छ । तर विदेशमा चाहिं भिसा लगायतका प्रक्रियामा यो बुँदा निर्भर हुनेछ ।

    जी-बबको एउटा कन्सर्टबाट प्राप्त हुने रकममध्ये ७० प्रतिशत हिस्सा परिवारले प्राप्त गर्नेछ भने बाँकी ३० प्रतिशत एएनटीएफले । रकम सिधै जी-बबका आमाबुवाको खातामा पठाइनेछ ।

    हाकिम गुरुङले दिएको जानकारी अनुसार एएनटीएफले देश तथा विदेशमा गरी ५० वटा शो आयोजना गर्दैछ । यी प्रत्येक शोमा आमाबाबुले जी-बबलाई अनिवार्य उपस्थित गराउनुपर्नेछ र नगराएको खण्डमा क्षतिपूर्ति तिर्नुपर्ने सहमति पनि भएको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया