• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सुनकोशी-मरिन डाइभर्सन स्थलमा उर्जा मन्त्री भुसाल, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु

    253
    SHARES


    काठमाडौँ। सिन्धुलीमा निर्माणाधीन सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य उर्जा मन्त्री पम्फा भुषालले स्विच अन गरी उद्घाटन गरेकी छिन ।

    सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजबाट खन्न लागिएको हो । भेरी-बबई डाइभर्सनको सुरुङ पनि यही प्रविधिबाट खनिएको हो ।

    मरिन खोलबाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ ।

    मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभर सिंचाइ सुविधा पुग्ने र तथा ३१-७ मेगावाट बिजुली पनि उत्पादन हुनेछ ।

    सुनकोशी नदीको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया