• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    चितवनमा रहेको एक जुस उद्योगमा आगलागी, के छ अवस्था ?

    402
    SHARES


    काठमाण्डाै। चितवनमा रहेको जुस उद्योग युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ ।

    रत्ननगर नगरपालिका-१० को कैलाश टोलमा रहेको उद्योगमा बिहान आगलागी भएको हो ।

    प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

    उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।

    आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम भइरहेको उनले बताए । आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया