• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रधानमन्त्री देउवाद्वारा ४ मन्त्री बर्खास्त, यस्तो छ कारण मन्त्रालय र नामसहित

    422
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

    सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।

    जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए।

    राष्ट्रपति विद्यादेवी भण्डारी बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोकेकी छन्।

    जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि आफूहरूले सत्ता गठबन्धन छोडे पनि सरकार नछोड्ने र प्रधानमन्त्री देउवाले पनि आफ्नो पार्टीका मन्त्रीहरूलाई नहटाउने विश्वास रहेको बताएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया