• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    तिहारका लागि मखमली फूलको निर्यात भए पनि सयपत्री भने अझै आयात गर्नुपर्ने

    480
    SHARES


    काठमाडौँ। तिहार नजिकिए सँगै फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यसपालि ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमान रहेको छ । नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ ।

    मखमली फूलको निर्यात गरे पनि सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । सयपत्री फूलमा आत्मनिर्भर बन्न भन्दै विभिन्न कार्यक्रम हुँदै आए पनि जनशक्तिको अभाव रहेकाले चुनौती रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव विश्वमणि पोखरेलले बताएका छन् ।

    उनका अनुसार यसपालि तिहारका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्रीका माला भारतबाट आयात हुँदैछ । सयपत्री फूलको माग हरेक वर्ष बढ्दो रहेको छ । तर, धेरैजसो युवा शक्ति विदेशिने र गाउँघरमा रहेकाहरु पनि सहर पस्ने प्रवृत्ति बढेकाले फूलको उत्पादन मागअनुसार बढाउन सकि रहेको छैन ।

    वार्षिक कारोबारको ५० प्रतिशत फूल तिहारमा खपत हुने गरेको छ । तिहारमा फूलको कारोबार बढी हुने भए पनि त्यहीअनुसार उत्पादन भने हुन सकेको छैन । समय अनुकूल मिलाएर फूलको व्यवसाय गर्न सके प्रशस्त कमाइ हुने फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव पोखरेल बताउ छन् ।

    केही वर्षयता फूल खेतीमा आकर्षण बढे पनि मल, बिउ नपाउँदा किसानलाई समस्या हुने गरेको देखिन छ । यसपालिको तिहारमा १० करोड रुपैयाँ बराबरका २० लाख सयपत्रीका माला खपत हुने अनुमान गरिएको छ । यस्तै, दुई करोड बराबरका मखमलीका सवा ३ लाख माला खपत हुने एसोसिएशनको अनुमान रहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया