• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    कर्णाली समाचार

    कालीकोटमा मलामी गएर बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात

    494
    SHARES


    कालीकाेट। कालीकाेटको तिलागुफा नगरपालिका-४ मा पाँच दिनअघि मलामी जाँदा बेपत्ता भएका १३ जनाको अवस्था अझै अज्ञात रहेको छ । स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था थाहा हुन नसकेको हो ।

    अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुलाई पहिरोले बगाएको भन्ने पुष्टि भएपनि अवस्था अझै थाहा हुन नसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताएका छन् ।

    प्रहरीले खोजीको काम गरिरहेको उनको भनाइ रहेको छ । पहिरोमा परेका थप चार जनाको अवस्था पनि थाहा हुन नसकेको उनले जानकारी दिए  । उनका अनुसार तिलागुफामा थप तीन जना र खाँडाचक्रमा एक जना अझै बेपत्ता रहेका छन् ।

    एक हप्ताअघिको बाढी पहिरोमा २३ जना बेपत्ता रहेकोमा ६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिएका हुन् । असोज १९ गतेदेखि सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोले कर्णाली प्रदेशमा मात्र १९ जना बेपत्ता भएका छन् ।

    कालीकोट बाहेक दैलेख र जुम्लामा एक-एक जना बेपत्ता रहेका कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया