• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    माैसम समाचार

    अबको तीन दिन मौसम सफा रहने

    359
    SHARES


    काठमाण्डाै। तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा हुस्सु लाग्न सुरु भएको हो।

    अहिले लागेको हुस्सु बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार मनसुन अन्तिमतिर भएकाले अब ठूलो वर्षाको सम्भावना भने कम रहेको उनको भनाई छ ।

    आज, भोलि र पर्सि तीन दिनकै मौसम सामान्यतयता सफा रहेको भए पनि  मनसुनी प्रणाली कायमै रहेकाले पहाडी क्षेत्रका एक-दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    गएको १६ गतेसम्मको अवधि भनिए पनि यसपालि मनसुनको अवधि लम्बिएको छ । केही दिनयता मनसुन कमजोर बन्दै गएको भए पनि मनसुन भने बाहिरिएको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया