• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    श्रीमानको कुटपिटबाट १९ वर्षीया कविताको मृत्यु, दाईजो नल्याएकाले हत्या गरिएको माईतीपक्षको आरोप

    546
    SHARES


    काठमाडौँ। महोत्तरीमा आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृ त्यु भएको छ ।

    जिल्लाको पिपरा गाउँपालिका-५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाईबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृ त्यु भएको प्रहरीले जनाएकाे छ ।

    गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपि ट गरेका थिए । श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी उनको असोज २० गते जनकपुर स्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो ।

    उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । २५ गते बिहान ११ बजे उनकाे उपचारका क्रममा ज्यान गएको हो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    अचेत अवस्थामै जनकपुर सुरक्षा अस्पताल ल्याइएकोमा विरामीको सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको र स्वास प्रस्वासमा समस्या देखिएको अस्पतालका चिकित्सक डा.सरोज ठाकुरले जनाए ।

    प्रहरीले बिमलेश यादव विरुद्ध सुरूमा ज्यान मा र्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । कविताको मृत्यु पछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक सरोज राईले बताए । आरोपीभने असोज २१ गते पक्राउ परे ।

    माईतीपक्षले मृ तकको अन्त्येष्टी गरेको छ । जनकपुर स्थित स्वर्गद्वारमा बुधवार अपरान्ह मृ तकको अन्त्येष्टी गरिएको हो । माईतीपक्षले दाईजोको कारण हत्या गरिएको आरोप लगाएकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया