• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    झापामा राप्रपाका उम्मेदवारलाई एमालेको समर्थन

    349
    SHARES


    काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपाका ३ उम्मेदवारलाई समर्थन गरेको छ ।

    एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी झापामा एमाले राप्रपा तालमेल भएको भन्दै राप्रपाका प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए ।

    उनका अनुसार झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ । त्यस्तै प्रदेशसभामा झापा–१ (ख) कि उम्मेदवार सविना बजगाईं र झापा– ४ (ख) का उम्मेदवार भक्तिप्रसाद सिटौलालाई समर्थन रहेको कार्कीले बताएका छन् । झापाका प्रतिनिधिसभा र प्रदेशसभाका अरु निर्वाचन क्षेत्रमा राप्रपाले एमाले उम्मेदवारलाई समर्थन गरेको छ ।

    एमालेले बागी तालमेलविरुद्ध बागी उम्मेदवारी दिने आफ्ना नेताहरुलाई कारबाहीसमेत गरेको छ । झापा–३ मा एमालेका जिल्ला सचिवालय सदस्य डम्बर गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया