• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    आम चुनावका लागि आज देखि मतपत्र छपाइको काम सुरु

    483
    SHARES


    काठमाडौँ। आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको चुनावका लागि आज देखि मतपत्र छपाइको काम सुरु भएको छ ।

    उम्मेदवारकाे मात्र चुनाव चिह्न रहने गरी प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको पन इजनाइएको छ ।

    यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै हुने गरी चार सय ९५ प्रकारका मतपत्र छापिने छन् भने प्रदेश सभातर्फ तीन सय ३० निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै र प्रतिनिधि सभाको एक सय ३५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै गरी चार करोडभन्दा धेरै मतपत्र छापिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।

    आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको चुनावका लागि आज देखि मतपत्र छपाइको काम सुरुकाम भने सम्पन्न गरेको छ । आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ गरिसकेकाे जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया