• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    उत्तर कोरियाद्वारा परमाणु हमला गर्न सक्ने क्रुज मिसाइल प्रहार, किमजोङको यस्तो चेतावनी

    409
    SHARES


    काठमाडौं । जनवादी गणतन्त्र कोरियाले दुई लामो दुरीको रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । परमाणु हमला गर्न सक्ने दुबै मिसाइल सर्वोच्च नेता किमजोङ उनको उपस्थितिमा सफल परीक्षण भएका छन् ।

    मिडिया रिपोर्टका अनुसार दुबै मिसाइलको बुधबार परीक्षण गरिएका मिसाइलले समुद्रमा २००० किलोमिटरको दुरी पार गरेपछि आफ्नो अनुमानित लक्ष्यमा प्रहार गरेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यी दुई मिसाइल कोरियाली सेनामा सामेल हुनाले उनीहरुको शक्ति बढ्नेछ । उत्तर कोरियाको सेनाले अब आणविक हतियारले पनि आक्रमण गर्न सक्नेछ ।

    प्योङयाङले अब २०१७ पछि पहिलो परमाणु परीक्षण गर्न सक्छ । मिसाइल परीक्षणपछि नेता किमजोङले शत्रु देशले निहु खोजे परमाणी हमला गर्न सक्ने चेतावनी दिएका छन् । ‘यो हरेक शत्रु देशका लागि चेतावनी हो । हामी आणविक हतियार परिक्षणको दिशामा अघि बढिरहेका छौँ । आपतकालीन वा युद्धजस्तो अवस्थामा सेनालाई यसबाट थप बल मिल्छ’ किमजोङले भने ।

    नेटोले रुसविरुद्ध कडा कदम उठाउने तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ परीक्षण गरेको छ । संयुक्त राष्ट्रसंघमा रुसले युक्रेनको भूभाग गाभेको भन्दै मतदान गरिरहेको बेला यो परीक्षण भएको छ । उत्तर कोरियाले जनमत संग्रहमार्फत पूर्वी युक्रेनले गरेको फैसलाको स्वागत र सम्मान उत्तर कोरियाले गरेको छ ।

    पूर्वी युक्रेनको पुनः निर्माणको लागि कोरियाले एक लाख सैनिक पठाएको छ । अमेरिकाले दक्षिण कोरियासँग मिलेर सैन्य अभ्यासको जवाफ पनि उत्तरले दिँदै आएको छ । अमेरिकी उपराष्ट्रपति सीमा क्षेत्रमा पुगेकी थिइन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया