• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    मावि स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक हुँदै, नतिजा प्रकाशन भएको ७ दिनसम्म मात्र हेर्न पाइने

    344
    SHARES


    काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्दै छ ।

    माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न थालेको हो ।

    आयोगले २५ र २६ असोजमा बागमती प्रदेश र लुम्बिनी प्रदेश नेपाली विषयको अन्तर्वार्ता लिएको थियो । त्यसको नतिजा सार्वजनिक गरेको हो । त्यस्तै आयोगले बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको अन्तर्वार्ताको नतिजा समेत प्रकाशन गरेको छ ।

    बागमती प्रदेश नेपाली विषय शिक्षकको महिला तर्फ ६ सिटका लागि विज्ञापन गरिएको थियो । जसमा अन्तर्वार्ताबाट ५ जना मात्र सिफारिस भएका छन् । त्यस्तै ४ सिटका लागि माग गरिएको आदिवासी जनजाति कोटातर्फ ३ जना मात्रै सिफारिस भएका छन् ।

    अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो नतिजा र प्राप्ताङ्क आयोगको वेबसाइटमा गएर हेर्न सकिने आयोगले जनाएको छ । उक्त नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म मात्र हेर्न मिल्नेछ । गत वर्ष लिइएको विज्ञापनको लिखित परीक्षाको नतिजा भदौमा सार्वजनिक गरिएको थियो । माध्यमिक तह शिक्षक पदको नतिजापछि निमावि र प्रावि तहका शिक्षकको नतिजा प्रकाशन गर्ने आयोगको तयारी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया