• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमाले नछाड्ने भीम रावलको घोषणा

    373
    SHARES


    काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले आफूले एमालेमा पाँच दशकसम्म धेरै पसिना बगाएको बताएका छन् ।

    उनले आफूले अनेकौं जोखिम र कष्टकर क्षणहरुको सामना गर्दै पार्टीको विस्तार र विकासमा योगदान गरेको पनि उल्लेख गरेका छन् ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रावलले यस्तो बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,”यहाँ मैले उम्मेदवारी पाएँ कि पाइनँ भन्ने विषयभन्दा नेकपा (एमाले) को घोषित दर्शन, सिद्धान्त, नीति र कार्यक्रमविपरित दक्षिणपन्थी शक्ति र व्यक्तिहरुसँगको साँठगाँठ तथा स्वदेशी र विदेशी प्रतिक्रियावादीहरुसँग सामिप्य र चलखेलले उम्मेदवारीमा दखल भएको त होईन भन्ने चिन्ता हो ।” उनले आफूले देश र जनताको पक्षमा उठाउँदै आएको झण्डा अविचलति निरन्तर समाति नै रहने पनि रावलको भनाई रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया