• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    सरकार आफैँले नयाँ जुत्ता उद्योग खोले जुत्ता उत्पादक सङ्घ नेपालले विरोध गर्नेछ : अध्यक्ष घिमिरे

    484
    SHARES


    काठमाण्डाै। फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले सरकार आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताए ।

    आज बिहीवार जुत्ता उत्पादक सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले सरकारले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको बताएका हुन् । सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ता-चप्पल उद्योग बन्द गरेर बस्नुपर्ने उनको भनाइ छ ।

    सरकारले भएका उद्योगलाई नीतिगतरूपमा संरक्षण गर्ने भएकाले कुनै पनि देशमा सरकार आफैँले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको घिमिरेले बताए । उनले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता-चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताए । सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशतभन्दा बढी सञ्चालन हुन नसकेको उनको भनाइ छ ।

    अध्यक्ष घिमिरेले सरकारले भएका उद्योगको संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक सङ्घ नेपालले विरोध गर्ने पनि बताए ।

    सङ्घले नेपालको दक्षिण सीमाबाट जुत्ता-चप्पल चोरीपैठारी र कम मूल्यमा आउने गरेका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीलाई मार परेको जानकारी दिएको छ । जुत्ता–चप्पलकाे चोरीपैठारी रोकी ३० अर्ब रुपैयाँभन्दा बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन सङ्घले सरकारसँग माग गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया