• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    यस वर्षको एसईई चैत दोस्रो हप्तादेखि, नतिजा अर्को वर्ष को असारमा आउने

    305
    SHARES


    काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुनेछ ।

    त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका रहेको छ । परीक्षा सञ्चालन जिल्ला,प्रदेश,परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम भने बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।

    माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    बोर्डले यसअघि कक्षा ११ र १२ को पनि वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको थियो । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा भने २०८० को वैशाख दोस्रो हप्तादेखि गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया