• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    भीम रावलको प्रस्न : मनपरी गर्ने हो भने पार्टीलाई एकीकृत मार्क्सवादी लेलिनवादी किन भन्ने

    385
    SHARES


    काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले मनलाग्दो निर्णय गर्ने हो भने पार्टीलाई एकीकृत मार्क्सवादी लेलिनवादी किन भन्ने भनेर प्रश्न उठाएका छन् । आफ्नो उम्मेदवारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले एमले अध्यक्ष केपी ओलीको आलोचना गर्दै पार्टीभित्र मनलागी गरेको आरोप लगाए ।

    आफैले प्रतिक्रियावादी भनेको राप्रपासँग तालमेल गर्ने, जसपासँग चुनावी तालमेल गर्ने काम ओलीले एकलौटी ढंगबाट गरेको उनको आरोप रहेको छ । पार्टीमा कुनै छलफल नगरी नाकाबन्दी गर्ने दलसँग तालमेल गरिएको उनको भनाइ रहेको छ ।

    ‘धन र सत्ताका अनेकौँ कुकर्म गरेकालाई उम्मेदवार बनाउने कार्य कुन विधिअनुसार पर्छ ?’ उनले ओलीप्रति इंगित गर्दै भने, ‘यसरी मनपरी गर्नेलाई कसरी एकीकृत मार्क्सवादी लेलिनवादी भन्ने ?’ ओलीको पालामा पार्टीमा कुनै छलफल नगरी राजनीतिक दल सम्बन्धी र न्यायपरिषद् सम्बन्धी अध्यादेश ल्याइएको उनले बताए ।

    ओलीले पार्टीमा कुनै छलफल नगरी प्रतिनिधि सभा भंग गरिएको कार्य संविधान सम्बत् नभएको अदालतले बताउँदा पनि फेरि विघटन गरिएको उनले बताए । ‘प्रतिनिधि सभा विघटन नगरेको भए अदालतमा गएर हस्ताक्षर गर्ने स्थिति आउने थिएन ।’ उनले भने ।
    ओलीकै कारण तत्कालीन नेकपा एकता कायम रहन नसकेको उनले बताए । ‘पार्टी विभाजनको जिम्मेवारी लिनुपर्ने होइन र ?’ उनले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया