• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    भीम रावल भन्छन् : मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवार हुनबाट रोकियो

    348
    SHARES


    काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताएका छन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका हुन् ।

    ‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलले भने, ‘यस्तो गर्नु कार्यकर्ता र जनताको भावनालाई कुल्चनु हो । यस्तो कार्य गर्नु स्वेच्छाचारी निन्दनीय कार्य हो ।’

    आम चुनावको चर्चा हुन थालेपछि आफू विरुद्ध षड्यन्त्र हुन थालेको रावलले बताएका छन् । ‘आम निर्वाचनको चर्चा हुन थालेपछि मैले चुनाव नलड्ने भनेर सुनियोजित प्रचार भयो । मेरो एकल उम्मेदवारी सिफारिस भएपछि मेरो घरमा आएका सुदूरपश्चिमका नेता कार्यकर्तालाई चुनाव लड्न तयार रहेको भनेको थिए । अछाम एकबाट चुनाव लड्ने भन्दै आफ्नो मन्तव्य समेत दिएको थिए ।

    त्यो भेला रोक्ने प्रयास समेत गयो चुनाव नलड्ने भन्ने भनि गरिएको प्रचारको खण्डन गरेपछि सम्पर्कविहीन भएको भन्दै कुप्रचार गरियो’ रावलले भने- ‘मैले ओलीजीसँग सम्पर्क गरेपछि मैले माफी मागेपछि टिकट दिने अर्को प्रचार आयो । माफी माग्नुपर्छ भन्ने हास्यास्पद भएको रावलको प्रतिक्रिया छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया