• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि म्याग्दीमा महिला भलिबल र तेक्वान्दो सुरु हुने

    455
    SHARES


    काठमाडौँ। म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ ।

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीमा राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न गरिदै छ ।

    म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको खुलामञ्चमा भलिबल र कालीपुलको बहुउद्देश्यीय कभर्डहलमा तेक्वान्दो प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ।

    आजदेखि कात्तिक २ गतेसम्म हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सय जनाभन्दा बढी खेलाडी तथा अफिसियलहरु म्याग्दी पुग्नेछन् ।

    महिला भलिबलमा सात प्रदेश, विभागीय टिमसहित १० र तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय तथा एनआरएनसहित कुल ११ वटा टिमले सहभागिता जनाउने बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया