• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफले पाए सम्पती शुद्धीकरण मुद्दामा सफाई

    412
    SHARES


    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफ र उनका छोराले सम्पती शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

    गैरकानुनी ढंगले सम्पती आर्जन गरेको आरोपमा प्रधानमन्त्री सहबाज सरीफ तथा उनका छोराहरु सहबाज र सलमानविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो ।

    अहिले पाकिस्तानको विशेष अदालतले सरीफले अकुत सम्पती आर्जन गरेको पुष्टि नभएको जनाएको छ । सहबाज सरीफ र उनका छोराविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो । जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो ।

    मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी गत २०७८ चैतमा पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरीफका भाइ हुन् ।

    यसैबीच सहबाज सरीफ र उनका छोराहरुलाई अदालतले सफाइ दिएकोप्रति पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आपत्ती जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया