• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बोतल र जारको पानीको मूल्य घट्याे

    281
    SHARES


    काठमाण्डाै। सरकारले जार र बोतलमा बिक्री हुने पानीको मूल्य घटाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर पानीको नयाँ मूल्य तोकेको हो ।

    नयाँ मूल्यअनुसार अब उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा जार र मिनिरल वाटर किन्न पाउने छ्न् । विभागले तोकेको नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा एक लिटरको बोतलमा भरिएका पानीलाई बढीमा १६ रुपैयाँमात्रै लिन पाइने छ । यस्तै २० लिटरको जारको पानीलाई ४७ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।

    अहिले काठमाण्डाै उपत्यकामा एक लिटर पानी भरिएको बोतलको २० देखि ३० रुपैयाँ र २० लिटरको जार ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । तोकिएको मूल्यभन्दा महँगोमा पानी बिक्री गरेमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ । यस्तै विभागले तोकिएको मूल्यभन्दा महँगोमा पानी नकिन्न उपभोक्तालाई आग्रह गरेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया