• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    घनश्यामजीले पहिले टिकटको आशै गर्नुभएको थिएन : शंकर पोखरेल

    632
    SHARES


    काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टीका पूर्वउपमहासचिव तथा स्थायी कमिटी सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दिएको बारे मुख खोलेका छन् । पोखरेलले एकजना पत्रकार संगको कुराकानीमा  भूसालले गलत निर्णय गरी पार्टी छाडेको प्रतिक्रिया दिएका हुन् ।

    ‘उहाँले टिकटको आशै गर्नुभएको थिएन । एक महिनाअघि पार्टीको रुपन्देही जिल्ला कमिटीले कार्यकर्ता र समर्थकहरुसँग सांसद तथा जनप्रतिनिधिहरुको अन्तर्क्रिया राखेको थियो । त्यसमा उहाँ जाँदै जानुभएन,’ उनले भने, ‘नियतवश उहाँलाई टिकट नदिएको होइन, राप्रपाका लागि छाड्नुपर्ने भएकाले त्यसो गर्नुपर्‍यो । उहाँ साँच्चिकै साहसी नेता भएको भए पहिले जितेकै क्षेत्रमा स्वतन्त्र उठ्नुपर्थ्यो । दिपक बोहरा र बालकृष्ण खाँणविरुद्ध नै उठ्ने हिम्मत गर्नुपर्थ्यो । तर उहाँ त पहिलेको क्षेत्र छाडेर अन्त लाग्नुभयो, नेपालमा पछि परेको दलित समुदायबाट पाटीले अगुवा नेतालाई उम्मेदवार उठाउँदा त्यसकै विरुद्धमा उभिनुभयो । भूसालले आफ्नै सैद्धान्तिक अडान र आदर्शबाट विचलित हुनुभयो ।’

    एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति गरिसकेपछि पनि संसद तथा अन्य मञ्चहरुमा पार्टी नेतृत्वको निर्णयविरुद्ध उभिने काम गरेको भन्दै उनी टिकटका लायक नभएको टिप्पणी पोखरेलको छ । उनले प्रभु साह सत्ता गठबन्धनबाट परिचालित भएको आरोप समेत लगाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया