• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    नागरिकतामा धेरै राजनीति नगर्न ओलीको चेतावनी

    345
    SHARES


    काठमाण्डाै। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन् ।

    हिंजो बुधवार गैरआवासीय नेपाली सङ्घकाे २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । गैरआवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उनको भनाइ छ ।

    अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए। उनले नागरिकताको बारेमा धेरै राजनीति नगर्न पनि सुझाव दिए । नागरिकतासम्बन्धी विषयमा बहस गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई उनको चुनौती थियाे ।

    उनले भने, ‘हिजो गृहमन्त्रीजीले यस मञ्चको दुरुपयोग गरेर सम्माननीय राष्ट्रपतिज्यूको सम्बन्धमा जाे अनर्गल भन्नुभयो, त्यो बहुतै गम्भीर विषय हो । यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन । किन भने राष्ट्रपति हतपत बोलिरहँदैन । राष्ट्रपतिले प्रतिवाद गर्दैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गरिँदैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा म सत्ताधारी गठबन्धन, परमादेशीलाई आग्रह गर्न चाहन्छु– हामीसँग डिबेटमा आउनुस् न । हामी छौँ नि डिबेट गर्ने, हामीसँग डिबेट गर्न आए हुन्छ । त्यो लज्जाजनक कुरा हो, असभ्यताको कुरा हो । वास्तवमा भन्ने हो भने त्यस टिप्पणीभन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हुन्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजीनामा मागि सक्नुपर्दथ्यो ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया