• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized राजनीति समाचार

    निर्वाचन अधिकृतमाथि सत्तारुढ गठबन्धनले उठायो कडा प्रश्न, विज्ञप्ति सहित

    498
    SHARES


    काठमाडौँ । सत्तारुढ गठबन्धनले रुपन्देही-२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज निर्णय सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

    गठबन्धनका उम्मेदवार गुरुङविरुद्ध कुनै उजुरी नपरेको अवस्थामा कुनै संस्थाले भनेको आधारमा उम्मेदवारी खारेज गरेको भन्दै राजनीतिक पूर्वाग्रह राखिएको गठबन्धनको दावी रेहको छ । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ मा गठबन्धन दलहरुले बुधबार ज्ञापनपत्र बुझाउँदै निर्वाचन अधिकृतको भूमिकामाथि प्रश्न उठाएका हुने । उनीहरुले निर्वाचन अधिकृतलाई हटाउन दमेत माग गरेका छन् ।

    नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र न. २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादी रुपन्देहीका उपाध्यक्ष चीनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त रुपमा निवेदन दिँदै राजु गुरुङको उम्मेदवारी खारेजको निर्णय सच्याउन माग गरेका हुन् ।

    उनीहरुले निर्वाचन अधिकृत उदवीर नेपालीको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् । ‘तपाईं राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नीजि सचिवालयबाट काजमा आएको हुँदा तपाईले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा हामी दलहरु विश्वस्त छैनौं-ज्ञापनपत्रमा भनिएको छ । दलहरुले निर्णय र कार्यतालिका नसच्याए दुर्घटना हुनसक्ने चेतावनी समेत दिएका हुन् । ज्ञापनपत्रमा गुरुङको मुद्धा अदालतमा विचाराधीन रहेको समेत उल्लेख गरिएको छ ।

    यद्तो छ विज्ञप्ति

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया