• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    पहिलो श्रीमतीको हेरचाह गर्न नसक्नेले दोस्रो विवाह गर्न सक्दैन : इलाहाबाद उच्च अदालत

    471
    SHARES


    काठमाडौँ। इलाहाबाद उच्च अदालतले एक मुद्दामा मुस्लिम पुरुषले आफ्नी पहिलो श्रीमती र छोराछोरीलाई राम्ररी हेरचाह गर्न नसके अब दोस्रो पटक विवाह गर्न नसक्ने फैसला सुनाएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार न्यायाधीश सूर्यप्रकाश केसरवानी र न्यायाधीश राजेन्द्र कुमारको इजलासले पारिवारिक अदालत ऐन अन्तर्गत दायर गरेको अपीलमा यस्तो आदेश दिएको हो ।

    उच्च अदालतले यदि कुनै मुस्लिमले आफ्नी श्रीमती र छोराछोरीको राम्रोसँग हेरचाह गर्न नसके कुरान अनुसार उसले अर्को महिलासँग विवाह गर्न नसक्ने बताएको छ । तर, अदालतले मुस्लिम पुरुषलाई पहिलो श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्ने कानुनी अधिकार रहेको स्पष्ट पारेको छ ।

    बेन्चले कुरानको सुरा ४ पद ३ को धार्मिक आदेश मुस्लिम पुरुषहरूका लागि लागू हुने बताएको छ । यसमा भनिएको छ कि एक मुस्लिम पुरुषले आफूलाई मनपर्ने चार महिलासँग विवाह गर्न सक्छ, तर यदि ती पुरुषलाई ती महिलाहरुमाथि न्याय गर्न सक्दैन भन्ने लाग्छ भने उसले एउटा मात्र विवाह गर्न सक्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया