• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रजातन्त्रवादी नेत्री सुकीलाई भ्रष्टाचार अभियोगमा २६ वर्षको जेल सजाय

    296
    SHARES


    काठमाडौँ। सैनिक शासन रहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप दुई वटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

    आज बुधवार सुनाइएको निर्णयअनुसार सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । सुकीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्नुभएको छ ।

    नेत्री सुकीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो । सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । उहाँलाई भ्रष्टाचार विरोधी ऐनअन्तर्गत मात्रै १२ वटा मुद्दा लगाइएको छ । ती सबैमा १५ वर्षसम्मको दरमा जेल सजाय र जरिबाना हुन सक्छ ।

    सुकीका समर्थक र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिकरूपमा प्रेरित रहेका र उहाँलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । सुकीलाई सार्वजनिकरूपमा बोल्न प्रतिबन्ध लगाइएको छ भने उहाँका वकिलहरूलाई पनि मुद्दाकाबारेमा सार्वजनिकरूपमा बोल्ने अनुमति छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया