• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    रमेश खरेलको २० लाख कमिशन लिएको भिडियो सामाजिक सन्जालमा भाइरल

    1.2K
    SHARES


    काठमाडौँ। नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभा सदस्यका काठमाडौँ-१ मा उम्मेदवारी दिएका रमेश खरेल स्वयंले बोलेको ‘कमिसन लिएको’ भिडियो सामाजिक सन्जालमा भाइरल बनाउन खोजिँदैछ ।

    केही समयअघि एक टेलिभिजनमा अन्तर्वार्तामा बोलेको सामाजिक सन्जालमा फेरि देखापरेको हो । खरेलले भनेका थिए, ‘तीन करोड नेपालीको अगाडि भन्छु मैले १५ देखि २० लाख कमिसन खाएको छु । यदि त्यसो नगरेर तस्करसँग मिलेर महिनावारी खाएको भए ५० करोड कमाउँथे ।’

    उनले अन्तर्वातामा थप उत्साहित भनेका छन्, ‘देशलाई राजश्व वृद्धि गरेर कमिसन खाएर । अझ आइजीपी भएको के गर्थे थाहा छ, तीन करोड नेपालीलाई भन्छु कानुनसम्मत मेरो नाममा राख्न नहुने देशभरको राजश्व र रोयल्टी बढाएर मेरो छोराको नाममा कमिशन खान्थे ।’

    खरेल नेपाल प्रहरीका पूर्व डिआइजी पनि हुन् । प्रहरी प्रमुखमा सर्वेन्द्र खनाललाई बढुवा गरेपछि असन्तुष्ट बनेका खरेलले २०७४ चैतमा राजीनामा दिएका थिए । उता खनाल चाहिँ एमालेको तर्फबाट काठमाडौँ-६ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

    उम्मेदवारी दर्ता गरेसँगै खरेलले सञ्चारकर्मीसँगको प्रतिक्रियामा संसदमा अपराधीको संख्या घटाउन आफूले उम्मेदवारी दिएको बताएका थिए । उनले सदनको प्रतिष्ठा बढाउन कानुन बनाउने मानिस सदनमा पठाउनुपर्ने धारणासमेत राखेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया