• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    धरानमा अब घरको नक्सा पास गर्न अनिवार्य विरुवा रोप्नुपर्ने

    491
    SHARES


    काठमाडौँ । अब धरान उपमहानगरपालिका भित्र घर बनाउने नक्सा पास गर्न कम्तीमा पाँचवटा विरुवा रोप्नुपर्ने नियम लागु हुने भएको छ ।

    उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नक्सा पास गर्न वा सम्पन्न पत्र पाउन अनिवार्य रुपमा विरुवा रोप्नुपर्ने नियम लागु गर्ने बताएका छन् ।

    यो नियम चाडैनै उपमहानगरभित्र लागु गरिने उनले जानकारी दिएका छन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागु गरिनेछ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया